नेभिगेशन
सबै कुरा
महिला टी-२० विश्वकप एसिया छनोट

कतारविरुद्ध नेपाल ९ विकेटले विजयी, सेमिफाइनलमा युएईसँग खेल्ने

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ ।

सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो ।

नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पुरा गरेकाे थियाे  ।

यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ ।

नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्