नेभिगेशन
सबै कुरा

त्रिवि क्रिकेट मैदानमा भएको नेदरल्याण्ड्स विरुद्धको खेलमा उत्साहित नेपाली खेलाडी र दर्शक (फोटो फिचर )

काठमाडाैँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्लाई ९ विकेटले हरायाे । नेपालका लागि अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८  बनाए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङको निम्तो पाएकाे नेदरल्याण्ड्ले  ३९ ओभरमा १३७ रन मात्रै बनाएको थियो ।  नेदरल्याण्ड्ले दिएकाे १३८ रनकाे नेपालले १५.२ ओभरमा १ विकेटकाे क्षतिमा पुरा गरेकाे हाे । नेदरल्याण्ड्यासविरुद्ध कुशल भुर्तेलले ४, ललित राजवंशीले २, सोमपाल कामी र रोहितकुमार पौडेलले १/१ विकेट लिएका थिए भने २ जना रन आउट भएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्