नेभिगेशन
सबै कुरा

वुमन्स टी-२० विश्वकप एसिया छनोटको खेलमा कतार विरुद्ध बलिङ गर्दै नेपाल

१८ भदौ, काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले टस जितेर कतारका विरुद्ध बलिङ रोजेको छ । 

युकेएम-वाईएसडी क्रिकेट ओभल बांगीमा अहिले नेपाल र कतारको खेल रहेको छ । 

समूह ‘ए’ मा लगातार तीन खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो ।

नेपालले दुई वर्षपछि कतारसँग टी-२० क्रिकेट खेल्न लागेको हो । यसअघि २०२१ नोभेम्बरमा कतारसँग भएको तीन खेलको टी-२० सिरिज नेपालले क्लिन स्वीप नै गरेको थियो ।

नेपालले समूहको अन्तिम खेल युएईसँग बुधबार खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्