नेभिगेशन
सबै कुरा

कृष्ण कंडेलमाथि लागेका ८ आरोप र खण्डन

काठमाडौँ । आफ्नै कलाकारले विद्रोह गरेर गम्भिर आरोप लगाएपछि बिहीबार ‘इन्द्रेणी’ कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले पत्रकार सम्मेलन गरे ।

‘इन्द्रेणी’ को बुद्धनगरस्थित स्टुडियोमा आयोजित पत्रकार सम्मेलनमा कंडेलले पत्रकार सम्मेलनको अधिकांश समय आफ्नो बचाउमा खर्च गरे । तर, पूर्व कर्मचारीहरूले लगाएको आरोपको स्पष्ट जवाफ दिन सकेनन् । बरु उनले भावनात्मक कुरा गरेर पत्रकार सम्मेलन भर आफूमाथि लागेको आरोप पन्छ्याउने प्रयास गरे । 

शुक्रबारको कंडेलको पत्रकार सम्मेलन र बुधबार र बिहीबार उनीमथि इन्द्रेणीकै कलाकारले लगाएको आरोप र जवाफ हामीले यहाँ तुलना गरेका थियौँ । पत्रकार सम्मेलन गरेर इन्द्रेणीबाट निकालिएका कलाकार शर्मिला श्रेष्ठसहितका कलाकारले लगाएको आरोपबारे कंडेल स्पष्ट खण्डन गर्न  सकेनन्  । 

आरोप र खण्डन  

आरोपः कलाकार शर्मिला श्रेष्ठ लगायतलाई इन्द्रेणीले जागिरबाट निकाल्यो ।

खण्डन : निकालिएको होइन । 

आरोपः कलाकारहरुमाथि यौनहिंसा गरियो 

खण्डनः निराधार हो ।

आरोप : कलाकारलाई १० वर्ष काम गरे घर दिने सम्झौता थियो, घर दिने बेलामा निकालियो ।

खण्डनः कसैलाई यस्तो सम्झौता गरेको छैन । 

आरोपः महिला कलाकारको घरमा कँडेल गए 

खण्डन : म सबै कलाकारको घरमा राम्रो नियत र सेवाका लागि जान्छु । यो गलत हो  ?

आरोप : कार्यक्रममा लामो समयदेखि काम गरेका कलाकार शर्मिला श्रेष्ठ र अन्य कलाकारलाई जागिरबाट निकालेको ।

खण्डन :आफूले इन्द्रेणीमा काम गरेका कलाकारलाई अन्याय गरेको छैन । 

आरोप : कलाकारहरुको यौन शोषण र दुर्व्यवहार गरेको । 

खण्डन : ति सबै आरोपहरु निराधार हुन् । 

आरोप : स्टाफ मिटिङ भनेर बोलाई कर्मचारीमाथि कुटपिट गरेको । 

खण्डन : मेरो परिवारको समेत चरित्रहत्या गर्ने कुरा गरेपछि, आवेशमा आएपछि, छोरालाई नै नराम्रो गर्न खोजेपछि उनीहरुलाई धकेलेको हो । 

आरोप : इन्द्रेणीमा आर्थिक अनियमितता गरेको बाहिर आउने डरले कलाकारहरुलाई निकालेको । 

खण्डन : कानुन अनुसार अडिट गरिएको छ । आर्थिक अनियमितता भएकै छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation