नेभिगेशन
सबै कुरा

सहकारी समस्या र समाधानबारे रास्वपाले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा के छ ?

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय र योजना’ प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा तयार पारिएको उक्त प्रतिवेदनमा विद्यमान सहकारीका समस्या र समाधानका उपायसमेत समावेश गरिएको छ । उक्त प्रतिवेदनमा सहकारीमा समस्या आउनुमा विभिन्न ३ कारण प्रमुख रहेको बताइएको छ । त्यस्तै ति समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायले ६ उपाय अपनाउनुपर्ने उल्लेख छ । 

यस्ता छन् रास्वपाले बुझाएको प्रतिवेदनमा सहकारीका समस्या र समाधानका उपाय :

Dish Home
Global Ime Bank

सहकारीमा देखिएका समस्याका कारणहरू

आर्थिक धक्का

-  अर्थतन्त्रमा एकपछि अर्को कोभिड १९, रसिया–युकेन युद्ध जस्ता बाह्य धक्का र यस्ता घककासँग जुध्न सरकारले ल्याएका वित्तीय तथा मौदिक नीतिहरुले आर्थिक गतिविधिहरुमा ब्रेक लाग्नु, कर्जा वृद्धि दर सुस्ताउनु, कित्ताकाट बन्द हुँदा घरजग्गाको कारोबार ठप्प हुनु

- अर्थतन्त्र गतिहीन बन्दा बस्तु तथा सेवाको माग, आम्दानी, नगद र कर्जा प्रवाह ठप्प हुनु

- जग्गाको किनबेच कम हुँदा सहकारीका संचालक र उनीहरु नजिकका व्यक्तिहरु मिलेर घर, जग्गा जस्ता गैरउत्पादनशील क्षेत्रमा केन्द्रित गरेको बचतकर्ताको रकम फिर्ता गर्न नसक्नु

संस्थागत कुशासनको राजनीतिक संरक्षण

सहकारी संस्थाहरुमा लेखा सुपरिवेक्षण समिति, जोखिम व्यवस्थापन समिति लगायतका आन्तरिक समितिहरू नाम मात्रको अवस्थामा रहनु 

- ऋण प्रवाह गर्दाका बखत सही जोखिम मुल्यांकन नगरि बिना धितो क्रण प्रवाह गर्नु र संचालकहरुले समेत बचतकर्ताले संस्थालाई जरेको विश्वासको अवमुल्यन गर्नु

स्वार्थको द्वन्दको कुनै हेक्का नराखी संचालकहरुले बचतकर्ताको संचित रकम आफैँ लिई, निजी लाभका लागि दुरुपयोग गर्नु

संचालकहरुले उत्पादन क्षेत्रभन्दा पनि स्पेकुलेशनमा आधारित लजानी गरी सदस्यको रकमलाई जोखिममा पार्नु

सहकारीको समस्या सामाधान गर्ने जिम्मेवारीमा भएका सांसदहरु नै सहकारीमा बदमासी गर्नेहरुलाई जोगाउनतिर लाग्नु

हालै पारित सम्पति शुद्धीकरण ऐनमा पनि सहकारी ऐनलाई थप कमजोर बनाउने प्रावधानहरु समेटिनु

नियमनको अभाव

वर्षौँदेखि समस्याग्रस्त हुँदासमेत वित्तीय संस्था सरह सर्वसाधारणको खर्बौँ रुपैयाँ परिचालन गर्नु

सहकारी संस्थाहरुको कुनै निकायबाट आधारभुत नियमन नहुनु

कुनै निकायले पनि बचतकर्ताको पैसाको सुरक्षाको लागि कुनै सेफगार्ड नराखिनु र संचालकलाई जवाफदेही नबनाइनु

सहकारी ऐन २०७४ मा पनि सहकारीमा राजनैतिक नेतृत्वलाई नै नियमनको जिम्मा दिइनु

- राज्यको जोड बचतकर्ताको रकम छिठोभन्दा छिटो फिर्ता दिलाउनेमा भन्दा सहकारी संचालक, कर्मचारी लगायतलाई जेलनेलको सजाय दिनेतिर अग्रसर हुनु

- सहकारी सदस्यहरुमा वित्तीय साक्षरताको कमी, बढी ब्याजदरको आकर्षणले नित्याएको जैरजिम्मेवारीपन, नातागोता इष्ठमित्र मिलीजुली चलाउने प्रवृत्ति हुनु

क्षेत्र विस्तार गर्न पाउने प्रावधानले हुनु


समाधानका उपायहरु

सरकारले तत्काल गर्नुपर्ने हस्तक्षेप

बचत तथा क्रण कारोबार जर्ने सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृतिको काम तत्काल बन्द गरिनुपर्ने

- सहकारी कर्जा असुली न्यायाधिकरणको गठन, कर्जा सूचना केन्द्रको व्यवस्था, बचतकर्ताको बचत सुरक्षण गर्नका लाजि सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गरिनुपर्ने

५० करोड भन्दा माथि कारोबार गर्ने सहकारीलाई ३ वर्ष राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणमा राखिनुपर्ने

तरलता अभाव भएका सहकारीहरुलाई धितो राखी ऋण दिइनुपर्ने

-समस्याग्रस्त सहकारीहरुको सम्पत्ति तथा दायित्वको मूल्यांकन, सम्पत्ति बिक्री गरी सहकारी सदस्यहरुको बचत रकम फिर्ता र रकम अपचलन गर्ने संचालकहरुको सम्पत्ति रोक्का र जफतको प्रक्रिया सुरु गरिनुपर्ने

अप्ठ्यारोमा परेका लघृवित्तका ऋणीहरूको तुरुन्तै पहिचान गरी कर्जा पुनः तालिकीकरण तथा पुनःसंरचनाको व्यवस्था गरिनुपर्ने

आवश्यक कानून तथा नीति निर्माण

सहकारी ऐनमा मुद्दाको उजुरी, मुद्दा दर्ता प्रक्रिया लगायतका उल्झन हटाइनुपर्ने

नियमनकारी काम क–कसले गर्ने हो, स्पष्ट रुपमा व्यवस्था गरिनुपर्ने

सहकारी ऐनका प्रावधान तीनै तहका कानुनमा एकै किसिमको रहने व्यवस्था गरिनुपर्ने

गलत कार्य गर्ने संचालक/पदाधिकारी तथा खराब क्रणीहरुलाई जवाफदेही बनाउने कानूनी व्यवस्था गरिनुपर्ने

कर्जा नतिर्न उक्साउने कार्यलाई बैंकिङ्ग कसुर मानी दण्डनीय बनाइनुपर्ने

नियमनका लागि एसटिआई को गठन

सहकारीहरुको प्रभावकारी नियमनका लागि एक स्वायत्त, स्वतन्त्र तथा राजनैतिक हस्तक्षेप मुक्त नियमनकारी निकायको गरी त्यस संस्थालाई नेपाल राष्ट्र बैंकले आवश्यक क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरणको काम गरिनुपर्ने

गठित संस्थाले जोखिम व्यवस्थापनका लागि स्थिरीकरण कोषमा अनिवार्य योगादानको व्यवस्था गर्नुका साथै लघुवित्तको विद्यमान ब्याजदर तथा लाभांशको सीमाहरुलाई पुनरावलोकन गर्नुपर्ने

प्रविधिको प्रयोग गरी केन्द्रिकृत डाठाबेसको निर्माण

एउठा केन्द्रिकृत डाठाबेस बनाई त्यसमा प्रत्येक सदस्य/ऋणीको वित्तीय विवरण रेकर्ड गर्ने व्यवस्था गरिनुपर्ने

सबै सहकारी संस्थाहरुलाई अनिवार्य कोपोमिसमा आवद्ध गराइनुपर्ने

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको पर्लस् रेटिङ्ग प्रणालीको आधारमा वर्गीकरण गरिनुपर्ने

अन्य सहकारी संस्थाहरुको हकमा आवश्यक वित्तीय अनुपातहरु स्थापित गरी लागु गरिनुपर्ने

प्रविधिको प्रयोग गरी जोखिमको पूर्वानुमान तथा पूर्वसूचना प्रणालीको विकास लागू गरिनुपर्ने

सहकारी तथा लघुवित्तको उपयुक्त संख्या तोकी वर्गीकरण र पुनःसंरचना गरिनुपर्ने

सुशासनका क्षमता विकास

सहकारीका संचालक, पदाधिकारी तथा कर्मचारीहरुलाई अनिवार्य सहकारी सम्बन्धी, कर्जा सदुपयोगिता विवरण, निरीक्षण तथा नियमित कर्जा अनुगमन सम्बन्धी तालिम दिइनुपर्ने

सदस्य तथा ऋणीहरुलाई कर्जा सदुपयोग – सम्बन्धी साक्षरता प्रदान गरिनुपर्ने

महिला सदस्यहरुको नेतृत्व तथा उद्यमशीलताको विकास गरिनुपर्ने 

सामुहिकताको पुर्नजागरण

नेपालमा सहकारी अभियानको मनोबल भन्दा सहकारीको सच्चा मर्मअनुरुप प्रभावकारी नियमन गर्दै अझै व्यापक बनाउँदै लैजानुपर्ने

नेपालको कृषि क्षेत्रलाई तत्कालै फड्को मार्ने वातावरण बनाउँदै हरित अर्थतन्त्रमा व्यापक लगानी गर्न र सीमान्तकृत वर्णमा पुँजीको पहुँच बढाई उत्पादनमुखी आर्थिक गतिविधिमा समाहित गरी उनीहरुलाई अर्थतन्त्रको मुलप्रवाहमा ल्याउनुपर्ने

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation