नेभिगेशन
सबै कुरा

विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब, एक वर्षको वस्तु र सेवा आयात धान्ने

काठमाडाै‌ । आर्थिक वर्षको ६ महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित छ ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति १३ अर्ब ६९ करोड रहेको केन्द्रिय बैंकको प्रतिवेदनमा उल्लेख छ । गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले बढेको हो । असार मसान्तसम्म कुल १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर विदेशी मुद्रा सञ्चित थियो ।

Dish Home
Global Ime Bank

अमेरिकी डलरमा भने असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति रकम १६.९ प्रतिशतले बढेको हो । उक्त सञ्चितिले वस्तु तथा सेवाको एक वर्षको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation