नेभिगेशन
सबै कुरा

रसियन दूतावास अघि युद्ध पीडित आफन्तकाे माग 'युद्धमा नेपालीकाे प्रयाेग बन्द गर'

काठमाडौँ । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै प्रदर्शन गरेकाहरुले सडकमै धर्ना सुर गरेका छन् । बालुवाटास्थित रसियन एम्बेसी अगाडि प्रदर्शन गर्न नदिइएपछि उनीहरुले एम्बेसीभन्दा केही परको चोकमा प्ले कार्डसहित प्रदर्शन गरेका थिए । 

त्यसपछि रुसी सेनामा भर्ती भएका नेपालीको आफन्त तथा परिवारहरु राजदूतावासमा ज्ञापन पत्र बुझाउन अघि बढेको थियो । तर प्रहरीले सिमित केही व्यक्ति मात्र जान पाइने बताएको थियो । उनीहरुले आफूहरुनिकै टाढाबाट आएको र आफ्ना आफन्तले रुसमा धेरैले नै दुख पाईरहेकोले दूतावासका अधिकारीहरुलाई भेटेर आफ्ना कुरा राख्न दिन माग गरेका थिए । तर प्रहरीले जान नदिएपछि उनीहरु बाटोमै धर्नामा बसेका हुन् । 

CG

उनीहरुले रुसी सेनामा ज्यान गुमाए तथा घाइते भएकाहरुका आफन्तले मृतका परिवारलाई क्षतीपुर्ती दिलाउनु पर्ने, घाइतेहरुको उपचार गरी नेपाल फर्काउनु पर्ने, नेपालीहरुलाई रुसी सेनामा भर्ती रोक्नु पर्ने लगायतका माग राखेका छन् । साथै उनीहरुले सेनामा भर्ती भएकहरुकालाई सकुशल घर फिर्ता हुने वातावरण बनाउन समेत माग गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो–कक्षमा सञ्चालन हुने उपग्रहहरूको १६औँ समूह बोकेको थियो । प्रक्षेपणपछि सबै उपग्रहहरू तोकिएको कक्षामा सुरक्षित रूपमा प्रवेश गरेका छन् । यी...
थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियन विस्थापित

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियन विस्थापित

महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूसहित विस्थापितको सङ्ख्या एक लाख एक हजार १२९ रहेको कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले पत्रकार सम्मेलनमा बताएका हुन । थाई सेनाले आइतबार...
थाइल्यान्ड–कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

थाइल्यान्ड–कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

कम्बोडियाको संघिय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडिया भित्रका क्षेत्रहरूमा गोलाबारी भएको जनाउदै घटनाको पुष्टि गर्नु भएको छ ।
थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

यो झडपको कारण यस वर्षको गर्मीमा भएको पाँच दिन लामो लडाइँसँग जोडिएको छ, जसमा ४३ जनाको मृत्यु भएको थियो र दुबै पक्षका लगभग तीन लाख मानिस विस्थापित भएका...