नेभिगेशन
सबै कुरा

अरुण चौधरी लगायतले यसरी हत्याएका थिए बाँसबारी छाला जुत्ता कारखानाको जग्गा

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हत्याउनकै लागि च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरिएको तथ्य फेला परेको सीआइबीले जनाएको छ ।

उक्त प्रकरणका बिषयमा जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । कानुन बिपरित व्यक्तिगत फाइदा लिनका लागि तत्कालिन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापाले च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेको पाइएको जनाएको हो । सो कम्पनीको जारी पूर्जी ५० लाखको २५ प्रतिशत शेयर लिने गरि क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेष्ता कायम रहेको १८ रोपनी जग्गा मध्येबाट १० रोपनी जग्गाको हक समेत हस्तान्तरण गरेको सीआईबीले जनाएको छ । 

Dish Home
Global Ime Bank


सम्झौता बमोजिम १२ लाख पचास हजार लगानी गर्नुपर्नेमा कारखानाको तर्फबाट २६ लाख बराबरको लगानी गरी सरकारलाई हानी नोक्सानी पुर्याई आर्थिक लाभ लिएको देखिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए । २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको उनले जानकारी दिए । प्राइभेट कम्पनीमा रुपान्तरण भएपछि सरकारी जग्गा व्यक्तिको नाममा गएको र कम्पनीको नाम समेत परिवर्तन गरि सीजी चाँदबाग रेसिडेन्सी बनाइएको आचार्यले जानकारी दिए । 

हाल उक्त जग्गा चाँदबाग स्कुलकै नाममा रहेको सीआईबीले जनाएको छ । उक्तजग्गा हिनामिना प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र संजय ठाकुर पक्राउ परेका छन् । पक्राउ परेका तीनैजनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation