नेभिगेशन
सबै कुरा

नेपाली चिकित्सकले नै गरे पहिलोपटक कलेजो प्रत्यारोपण

काठमाडाैँ । नेपालको इतिहासमै पहिलोपटक नेपाली चिकित्सकको टोलीले कलेजोको सफल प्रत्यारोपण गरेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले कलेजोको प्रत्यारोपण गरेका हुन् । 

२०७३ सालदेखि विश्वमै कठिन मानिने कलेजोको प्रत्यारोपण नेपालमा सुरु भएपनि विदेशी चिकित्सक र विज्ञहरुबिना उक्त प्रत्यारोपण गरिँदैनथियो । तर गत पुष २७ गते त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारीसहितको संयुक्त टोलीले कलेजोको सफल प्रत्यारोपण गरेका हुन् । 

Dish Home
Global Ime Bank

उक्त चिकित्सक र स्वास्थ्यकर्मीको समूहले ४१ वर्षीय पुरूषलाई उनकी ४० वर्षीया श्रीमतीको कलेजो प्रत्यारोपण गरेका हुन् । चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढी जनशक्तीले ११ घण्टा समय लगाएर उक्त कलेजको प्रत्यारोपण गरेको हुन् । 

नेपालमा पहिलोपटक २०७३ साल मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation