नेभिगेशन
सबै कुरा
ह्याकरसँग कुराकानी :

ह्याकर भन्छन्, ‘टियुको वेबसाइटमा परीक्षाफल नै परिवर्तन गर्न सकिने बग भेटियो’

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक भएको २४ घण्टा बितिसकेको छ । परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान हुने सबै सेवा अनलाइनबाटै गरिने भन्दै लोकप्रिय प्रचार भएको दोस्रो दिन नै अनलाइन सेवा प्रदान गर्ने वेबसाइट ह्याक भयो । वेबसाइट ह्याक गर्नेहरु थिए १५ वर्ष उमेरका ३ जना किशोरहरु । 


Global Ime Bank

काठमाडौँको एक उच्च माविमा पढ्दै गरेका विज्ञान संकायका ति विद्यार्थीहरु सूचना प्रविधि र कम्प्युटरका ज्ञाता भने होइनन् । इन्टरनेट र सूचना प्रविधिमा चाख राख्ने ति विद्यार्थीहरुले त्रिविको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा प्रवेश गरेको तर यसको सूचना र तथ्याङ्कहरुमा कुनै परिवर्तन र दुरुपयोग नगरेको बरु थप सुरक्षित बनाएको दाबी गरेका छन् । 

सिधाकुरासँग कुरा गर्दै ति किशोरहरुले त्रिविले अनलाइन सेवा सुरु गरेपछि वेबसाइट चेक गर्दा वेबसाइटमा महत्वपूर्ण तथ्याङ्क चोरी हुने बग (कमजोरी) देखिएको र त्यसबाट हुने सम्भावित क्षति रोकेर त्रिविलाई जानकारी गराउन वेबसाइट नियन्त्रणमा लिइएको दाबी गरेका छन् । 

तर, वेबसाइट नियन्त्रणमा लिएर आफूलाई सम्पर्क गर्न भनेको २४ घण्टा बित्दा पनि त्रिविबाट कुनै सम्पर्क नभएको र आफूहरुले पटक पटक सम्पर्क गर्दा पनि त्रिविका अधिकारीहरु सम्पर्कमा नआएको उनीहरु बताउँछन् । विद्यार्थीको परीक्षाफल नै परिवर्तन गर्न सकिनेसम्मको कमजोरी उक्त वेबसाइटमा भेटिएको उनीहरुको भनाई छ ।

‘वेबसाइटमा विद्यार्थीको परीक्षाफल नै परिवर्तन गर्न सकिनेसम्मको तथ्यांक चोरी हुने गम्भिर बग (समस्या) हामीले पहिल्यायौं,’ ति किशोरहरु भन्छन् ‘हामीले त्रिविका सबै सार्वजनिक नम्बरमा फोन ग¥यौँ । तर, उठेन वेबसाइट बनाउने को हो पनि सम्पर्क प्रयास ग¥यौं तर उनीहरुको पनि सम्पर्क भेटेनौँ । फेसबुकमा लिंक गरेर सम्पर्क गर्न भनेको २४ घण्टामा पनि सम्पर्क गर्न कोही आएनन् ।’ 

परीक्षा नियन्त्रणको वेबसाइट ह्याक भएको २४ घण्टापछि त्रिविका निमित्त उपकुलपति डा.शिवलाल भुषालले यस्तो घटना सामान्य भएको प्रतिक्रिया देशसञ्चार डटकमसँग दिएका छन् । तर, त्रिविको वेबसाइट नियन्त्रणमा लिएका किशोरहरु भने निमित्त उपकुलपतिको कुरा गैह्रजिम्मेवार र सूचना प्रविधिबारे नबुझेको मान्छन् । 

त्रिविले गरेको गम्भिर गल्तिको फाइदा अरु कसैले लिइरहेको हुन सक्ने भन्दै ति किशोरहरुले आफूहरुले गल्ती सच्याउनका लागि यो कदम चालेको दाबी गरेका छन् । ‘यो ह्याक होइन । यो हामीले गल्ती पहिल्याएको हो,’ उनीहरु भन्छन्, ‘हामीले कुनै तथ्यांक चलाएका छैनौँ । त्रिविले आफ्नो वेबसाइट तुरुन्त नियन्त्रणमा लिएर सुरक्षित बनाउन हामीलाई सम्पर्क गरोस् । हामीलाई त पुरस्कृत गरोस् ।’

सिधाकुराको सम्पर्कमा आएका तीनै जना किशोरसँग लक्ष्मण गिरीले गरेको EXCLUSIVE कुराकानी यहाँ प्रस्तुत गर्दछौँ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation