नेभिगेशन
सबै कुरा

गभर्नर अधिकारीको योग्यता विवाद सम्बन्धी मुद्दाको सुनवाई स्थगित

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको योग्यता सम्बन्धी विवादबारे सर्वोच्चमा दायर मुद्दाको सुनवाई आजका लागि स्थगित भएको छ । 

अधिवक्ता दीपकराज जोशीसहितले दायर गरेको मुद्दाको पेशी आइतबारका लागि तोकिएको थियो । तर, आज सो पेशी स्थगनमा परेको सर्वोच्च अदालतले जनाएको छ । पुस १२ गते दायर रिटमा १३ पुसमा सर्वोच्च अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयसँग जवाफ माग गरेर पूर्ण सुनुवाइका लागि माघ ९ गतेको पेशी तोकिएको थियो ।

Dish Home
Global Ime Bank

माघ ९ मा सर्वोच्चका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ तोकिए पनि  सो दिन मुद्दा हेर्न नभ्याउनेमा परेको थियो । राष्ट्र बैंक ऐनअनुसार गभर्नर हुन अर्थशास्त्र, कानुन, वाणिज्य लगायतका विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्छ । तर, गभर्नर अधिकारी स्नातक मात्रै उत्तीर्ण छन् ।   

सम्बन्धित समाचार :

कति हो गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता ?


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation