नेभिगेशन
सबै कुरा

बहराइनमाथि नेपालको सानदार जित

१५ भदौ, काठमाडौं - मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ । 

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । 

बहराइनसँगको खेलमा नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन अर्की ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाइन् 

महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो ।

नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो । नेपालले समुह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation