नेभिगेशन
सबै कुरा

सेयर बजारमा ८ अर्ब १७ करोड रुपैयाँको कारोबार

काठमाडौँ । साताको अन्तिम दिन दिन नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ अंकमा झरेको छ। सुरुवाती समयमा नेप्से सूचक २१३३ विन्दुसम्म झरेको भएपनि अन्तिम समयमा हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचक केहि बढेको हो ।

बिहिबार कारोबार रकम भने केहि घटेको छ। बुधबार ९ अर्ब बढीको शेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ।यस दिन हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सोनापुर मिनिरल्सको ३० करोड र ङादी ग्रुप पावरको २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

Dish Home
Global Ime Bank

बिहीबार रिडि हाइड्रोपावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ। यता तेह्रथुम हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४३ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई लघुवित्तको ७।३० प्रतिशत र थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य ७.१९ प्रतिशतले घटेको छ।यस दिन कारोबारमा आएका १३ उपसमूहमा व्यापार, हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक 

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक 

आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ४३ करोड ३५...
२६ अङ्कले बढ्यो नेप्से परिसूचक 

२६ अङ्कले बढ्यो नेप्से परिसूचक 

आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७९ करोड ७३ लाख ६३...
सात अङ्कले बढ्यो नेप्से परिसूचक

सात अङ्कले बढ्यो नेप्से परिसूचक

आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६...