नेभिगेशन
सबै कुरा

माध्यमिक शिक्षा परीक्षा खारेज नगर्न राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षको सुझाव

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षालाई खारेज गर्न नहुने बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि भएको छलफलका क्रममा शर्माले माध्यमिक शिक्षा परीक्षा खारेज गर्दा १२ कक्षा पास गर्ने बिद्यार्थीको संख्या घट्न सक्ने र अन्तराष्ट्रिय स्तरमा पनि नेपालको शैक्षिक क्षेत्रमा प्रश्न उठ्न सक्ने भएकाले यसलाई खारेज गर्न नहुने सुझाव दिए । 

प्रस्तावित विधेयकमा कक्षा ८ मा स्थानीय तह र १२ को परिक्षा केन्द्रीय बोर्डले गर्ने उल्लेख छ । अध्यक्ष शर्माले हाल सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षालाई बोर्डले नभई प्रदेश सरकारले सञ्चालन गर्न सक्ने धारणा राखे । अहिले कक्षा १० र १२ को परिक्षाले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरेको भन्दै परिक्षालाई व्यवस्थीत तवरले सञ्चालन गर्न सकिने उनको भनाई छ । त्यस्तै शर्माले एउटै शैक्षिक क्यालेन्डर र पाठ्क्रमका आधारमा हुने परिक्षाको मापदण्ड सवै पालीकामा समान हुनुपर्नेमा जोड दिए । 

Dish Home
Global Ime Bank

समितिले पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परिक्षा बोर्डसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको हो । अर्को बैठकमा विभिन्न विद्यार्थी संघ÷संगठनहरुसँग विधेयकका सन्दर्भमा छलफल हुने समितिले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation