नेभिगेशन
मुख्य कुरा

हुस्सु र शीतलहरले मधेशकाे जनजीवन प्रभावित: विद्यालय बन्द, सडक दिउँसै अध्याराे

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधामसहित तराई मधेशका जिल्लामा चिसो बढेको छ । बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर सुरु भएसँगै चिसो बढेको हो । चिसो र शीतलहरले जनकपुरधामसहित मधेस प्रदेशको जनजीवन कष्टकर बनेको छ ।

चिसोको कारण धनुषाको जनकपुरधाम, नगराइन, मिथिला नापा,क्षीरेश्वरनाथ नापाका महेन्द्रनगर बजारहरूमा चहलपहल घटेको छ । अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप समेत घटेको छ । चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरू बढी प्रभावित हुने गरेका छन् । 

Dish Home
Global Ime Bank

अत्यधिक चिसोको कारण घर बाहिर निस्कन समेत मुस्किल हुन थालेकाे स्थानीयहरु बताउँछन् । ग्रामीण भेगका स्थानीयहरु चिसो छल्न घुर (आगो) बालेर तापिरहेका छन् । 

चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरूले स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । 

रौतहटका सामुदायिक विद्यालय चार दिन बन्द 

केही दिनयताको शीतलहरसँगै चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय धमाधम बन्द हुँदैछन् । शिक्षा समन्वय एकाइ रौतहटले जाडो अत्यधिक बढेका कारण बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखी जाडो बिदा दिन जिल्लाका सबै विद्यालयलाई सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएको छ । 

जिल्लाको चन्द्रपुर, फतुवाविजयपुर, देवाहीगोनाही, कटहरियालगायत १८ वटा पालिकाले मङ्गलबारदेखि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् ।

शिक्षा समन्वय एकाइ रौतहटका प्रमुख रामविनय सिंहले जिल्लाका १८ वटै पालिकाका सबै सामुदायिक विद्यालयलाई हिउँदे वा वर्षे बिदाबाट बिदा मिलान हुने गरी पाँच दिनसम्म जाडो बिदा दिन सोमबार नै सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएको बताए । उनका अनुसार शिक्षा नियमावली २०५९ को नियम ८५ को उप नियम ३ मा उल्लेख भएअनुसार एक शैक्षिक सत्रमा हिउँद वा वर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द रहने प्रावधान रहेकोले सोहीबमोजिम सञ्चित रहेको वर्षे बिदाबाट जाडो बिदा दिन सूचना जारी गरेको छ । 

कलैया र जीतपुर सिमराका विद्यालय पनि बन्द 

चिसो बढेपछि जीतपुरसिमरा र कलैया उपमहानगरले पनि मंगलबारदेखि तीन दिनका लागि विद्यालय पठन पाठन बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरहरूले नगरप्रमुख स्तरीय निर्णय गरेर तीन दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि उपमहानगरले पठन पाठन बन्द गर्ने निर्णय गरेको जीतपुर सिमरा उपमहानगर शिक्षा शाखाले जनाएको छ । 

यता कलैया उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले चिसोको कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको बताएका छन् । कलैया उपमहानगरमा ७१ वटा सामुदायिक र ६५ वटा संस्थागत विद्यालयहरू रहेका छन् भने जीतपुर सिमरामा ६१ वटा सामुदायिक र५१ वटा संस्थागत निजी विद्यालय रहेका छन् । जीतपुर सिमरा शिक्षा शाखा प्रमुख हरिस भट्टले भने ‘लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भयो भनेर शिक्षकहरूबाटै गुनासो आएकोले नगरपालिकाका विद्यालय बन्द गर्ने निर्णय गरेका हौ’ । 

मङ्गलबारदेखि बन्द भएका विद्यालयहरू बीचमा सार्वजनिक बिदा भएकोले माघ २ गतेबाट मात्रै खुल्ने जनाइएको छ । 

सवारी चलाउन दिउँसै बत्ती बाल्नुपर्ने 

बिहानैबाट लागेको बाक्लो हुस्सु र शीतलहरका कारण मधेशका विभिन्न जिल्लामा दिउँसै बत्ती बालेर सवारी साधन चलाउनुपर्ने बाध्यता सृजना भएको छ । बाक्लो हुस्सुका कारण सवारी साधनलाई दिउँसै बत्ती बालेर कुद्नुपर्ने अवस्था आएको छ । हुस्सु र शीतलहरका कारण बिहानैबाट सर्वसाधारण घरबाट बाहिर निस्कन सक्न सकेका छैनन् । चिसोका कारण मधेशको ग्रामीण जनजीवन प्रभावित भएको छ । मधेशमा पर्ने पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधनलाई बत्ती बालेर बिस्तारै कुदाउन निर्देशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशील आर्चायले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको...
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 
न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

पीडित पक्षका अनुसार गाउँका केही व्यक्तिहरू विशेष गरी नरेन्द्र यादव नामक व्यक्तिले पैसा लिएर मिल्न धम्की दिएका थिए । ‘नमिल्दा उल्टै मुद्दा हाल्छु भन्ने सुनिन्थ्यो’, आमाले दुखेसो पोखिन्...
गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज उक्त विवादमा नेपाल सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश गरेको हो ।  अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न...