नेभिगेशन
सबै कुरा

दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत, कार्यवाहक तोकिए नवराज अधिकारी

२४ पुस, काठमाडौं ।  सरकारले नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषाेत्तम खनालको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खनालले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त अध्यक्ष पदमा नियुत्तिका लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन । मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यवहाक अध्यक्षको जिम्मेवारी प्राधिकरण सदस्य नवराज अधिकारीलाई तोक्ने निर्णय पनि गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation