नेभिगेशन
सबै कुरा

३६ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३६ अंकले बढेको छ । डेढ दर्जन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको बजारमा कारोबार रकम पनि ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । 

परिसूचक बढेर २ हजार ५९.४९ को बिन्दुमा पुग्दा सोमबार कारोबारमा आएका ३०९ वटा कम्पनीमध्ये २१२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने २९ वटा कम्पनीको सेयर मूल्य घट्यो, ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । 

जलविद्युत, लगानी, जीवन बीमा र फाइन्यान्स उपसमूहमा उच्च अंकले बढेको बजारमा आज सिंगटी हाइड्रोेपावर, मोदी इनर्जी, त्रिशुली जलविद्युत र मुक्तीनाथ कृषि कम्पनीका शेयर धनीले बजारबाट राम्रो आम्दानी गरे । 

सोमबारको दोस्रो बजारमा धेरै गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक, प्रभु स्मार्ट फण्डका लगानी कर्ता रहे । आजको दोस्रो बजारमा सोनापुर मिनरल्सको मात्रै २१ करोड ८४ लाख, माउण्टेन इनर्जीको १९ करोड ३६ लाख  र हाथवे इन्भेष्टमेन्टको सेयर १६ करोड ५५ लाख  र नेपाल पूर्वाधार बैंको सेयर ११ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक 

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक 

आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ४३ करोड ३५...
२६ अङ्कले बढ्यो नेप्से परिसूचक 

२६ अङ्कले बढ्यो नेप्से परिसूचक 

आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७९ करोड ७३ लाख ६३...
सात अङ्कले बढ्यो नेप्से परिसूचक

सात अङ्कले बढ्यो नेप्से परिसूचक

आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६...