नेभिगेशन
सबै कुरा

पाकिस्तनासँग नेपाल पराजित

एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको छ ।

३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो ।

पाकिस्तानका सदाब खानले ४ विकेट लिएभने शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २,२ विकेट लिए । साथै नसिम शाह र मोहम्मद नवाजले १,१ विकेट लिएका थिए । 

नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो । नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन बनाउन सके ।  कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खातै खोलेनन् । गुल्सन झाले १३ रन बनाए भने सन्दीप लामिछानेले पनि  खाता खोल्न सकेनन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation