नेभिगेशन
सबै कुरा

सन्दीप लामिछाने विरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार सम्बन्धी मुद्दा आज पनि हेदोहेर्दैमा राखिएको छ । सन्दीपविरुद्धको मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाई हुँदै आएको छ । 

यसअघि आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।  त्यससँगै २ दिन निरन्तर सार्वजनिक बिदा परेकाले उक्त सुनुवाइले बुधबार निरन्तरता पाएको हो । र बुधबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । भोलि फेरि सोही इजलासमा सुनुवाईले निरन्तरता पाउने छ । 

सन्दीपविरुद्ध एक किशोरीलाई बलात्कार गरेको अभियोग छ। ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्