नेभिगेशन
सबै कुरा

वीर अस्पतालका निर्देशकलाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशकलाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । 

मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई जिम्मेवारीबाट हटाएर मन्त्रालय तानेर हाजिर गराउने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

अदालतको आदेशसँगै निर्देशक डा पौडेल पुन जिम्मेवारीमा फर्कन पाउनेछन् । 

गत १४ मंसिरमा मन्त्री बस्नेतले आफूलाई वीर अस्पतालको निर्देशकबाट हटाएपछि डा पौडेलले आफूलाई हटाउने मन्त्रीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation