नेभिगेशन
सबै कुरा

सहमति कार्यान्वयन नगरेको भन्दै गोविन्द केसीले घोषणा गरे ३ दिने सत्याग्रह

विगतमा भएका सहमतिलाई सरकारले कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्ने भएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्ने बताएका हुन् । 

चिकित्सा शिक्षा सुधारका निम्ति आफूसँग सरकारले विभिन्न चरणमा गरेका सहमति पालना नगरेपछि आफूले तीन दिने सत्याग्रह सुरु गर्न लागेको केसीले बताएका छन् । 

उनले विगतमा भएका सम्झौता, सबै सरकारी अस्पतालमा निशुल्क पाइने औषधीहरुको पर्याप्तता, सरकारी अस्पतालमा दरबन्दीका विषयमा सरकारले आफूसँग झुटको खेती गरेको बताएका छन् । 

त्यस्तै उनले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने विषयमा पनि सरकारले लचकता नदेखाएको बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation