नेभिगेशन
सबै कुरा

आफूहरुमाथि अन्याय गरेको भन्दै सर्वोच्चका प्रस्तावित न्यायाधीश सारंगा सुवेदीविरुद्ध आरतीका परिवारको बिलाैना (भिडियो सहित)

काठमाडौं । आरती साहका बाबुआमाले छोरीको हत्या आरेपीलाई धरौटीमा छोडेको भन्दै न्यायाधीशविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी गरेका छन् । उनीहरुले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तथा उच्च अदालतका तत्कालिन न्यायाधीश सारंगा सुवेदीविरुद्ध उजुरी गरेका हुन् । 


सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीश प्रस्तावित छन् । उनीहरुमध्ये ३ न्यायाधीशविरुद्ध १० ओटा उजुरी परेका छन् । प्रस्तावित न्यायाधीश सारंगा सुवेदी विरुद्ध ६ वटा उजुरी परेको छ भने टेकप्रसाद ढुङ्गाना विरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमान विरुद्ध एकवटा उजुरी परेका हुन् । 

संसदीय सुनुवाई समितिको आइतबार दिउँसो बसेको बैठकमा सर्वोच्चमा सिफारिस भएका न्यायाधीशविरुद्ध उजुरी गर्ने उजुरी गर्ने उजुरीकर्ताहरुलाई छलफलको लागि बोलाएको थियो । 

आरतीका बाबुआमाले प्रस्तावित न्यायाधिश सारंगा सुवेदीविरुद्ध उजुरी दिएका थिए । आरतीका बाबु बिनोदप्रसाद साहले सारंगा सुवेदीले उच्च अदालत जनकपुरमा रहँदा कर्तव्य ज्यान मुद्दाका आरोपीलाई धरौटीमा छोडेको र फैसला न्यायसम्मत नगरेको आरोप लगाए । 

धनुषाको जनकपुरमा उपमहानगरपालिका ९ की २२ वर्षीया आरती साहको गत जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो । माइतीपक्षले आरतीका श्रीमान पक्षले दाइजोको निउँमा हत्या गरेको दाबी गर्दै आएका छन् भने श्रीमान पक्षले आरतीले आत्महत्या गरेको दाबी गर्दै आएका छन् । विवाह पछि निरन्तर दाइजोको दबाब दिइरहेका परिवारले हत्या गरेर अस्पताल पुर्याएको आरतीका बाबु आमा बताउँछन् ।

आरती मृत्यु प्रकरणमा जिल्ला अदालत धनुषाले आरतीका श्रमिान् मोतीबाबु र ससुरा मदनमोहन साहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । तर पछि उच्च अदालतका न्यायाधीश सारंगा सुवेदीले सामान्य तारिखमा छोड्न आदेश दिएको थियो । 

प्रहरीले पटक/पटक मातीघरबाट लखेटेपछि अरतीका बाबुआमाले शान्तीबाटिकामा धर्ना दिदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation