नेभिगेशन
सबै कुरा

एनसेल प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति

काठमाडौँ  । एनसेल प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति बनाएको छ । सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा एनसेल प्रकरण अध्ययन तथा छानबिन समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन् ।  यो समितिलाई प्रतिवेदन दिन एक महिनाको समय दिइएको छ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation