नेभिगेशन
सबै कुरा

एनसेलका सीईओलाई पत्र काटेर छलफलमा बोलाउन सांसद स्वर्णिम वाग्लेको माग

काठमाडाैँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले एनसेलको खरिद बिक्री प्रकरणमा एनसेलकै सीईओलाई पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै उपसभापति वाग्लेले एनसेललको खरिद बिक्री प्रकरणमा छानबिन गर्न एनसेलका सीईओलाई नै नेपालको लगानीको विषयमा अर्थ समितिमा छलफलका लागि बोलाउन माग गरेका हुन् । 

लगानी बोर्डका सीईओ, अर्थमन्त्री, टेलिकमका अधिकारी, एनसेलको नेपाली साझेदारलाई पनि सँगै बोलाएर बृहत छलफल गर्न उनले माग गरेका छन् ।  त्यस्तै आजियटाका प्रबन्धनिर्देशक, नेपाली मूलका साझेदार, अर्थमन्त्री, लगानी बोर्डका सीईओलगायतलाई समितिले डाक्नुपर्नेमा वाग्लेले जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation