नेभिगेशन
सबै कुरा

रूस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको क्षतिपूर्ति सहित शव नेपाल पठाउन रुससँग आग्रह

काठमाडौं । नेपाल सरकारले रूस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारलाई अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै पीडित परिवारलाई क्षतिपूर्ति सहित शव नेपाल पठाउन आग्रह गरेको हो । 

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । 

Dish Home
Global Ime Bank

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ ।

साथै नेपाल सरकारले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन पनि आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ ।’

मन्त्रालयले हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको पनि बताएको छ । 

त्यस्तै सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य नेपालीलाई रुस जानु परेमा कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न परारष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation