नेभिगेशन
सबै कुरा

एसिया ट्रेल मास्टरको उपाधि नेपालकी अल्ट्रा धाविका रशिलालाई

काठमाडौं । नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि जितेकी छन् ।

रशिला शनिबार भएको दौडमा महिला ७७ किलोमिटरको निर्धारित दूरी १२ घण्टा २५ मिनेट ५२ सेकेण्डमा पूरा गरिन् । यो दौड जित्ने रशिला पहिलो नेपाली धाविका समेत हुन् ।

बेल्जियमकी भान्जा कनोप्स निर्धारित दुरी १२ घन्टा ३२ मिनेट १६ सेकेन्डमा पुरा गर्दै दोस्रो हुँदा फिलिपिन्सकी एन्जेली काबालो तेस्रो भइन् । उनले निर्धारित दुरी १४ घन्टा ३ मिनेट ३७ सेकेन्डमा पूरा गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्