नेभिगेशन
सबै कुरा

कुनै पनि बैंकले १६ प्रतिशतभन्दा बढी ब्याज लिए ’स्टेटमेन्ट’ लिएर आउनुस् : गर्भनर

काठमाडाैँ : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत वा सोभन्दा बढी ब्याज लिएको भए स्टेटमेन्ट लिएर आउन आग्रह गरेका छन् । 

पछिल्लो समयमा बजारमा बैंकहरुले १६ प्रतिशत भन्दा बढी ब्याजदर लिएको अफवाह फैलाइएको बताउँदै उनीहरुलाई बैंक स्टेटमेन्ट लिएर आफूकहाँ आउन उनले चुनौतीसमेत दिएका छन् । 

Dish Home
Global Ime Bank

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले ति अभिव्यक्ति सबै अफवाह भएको बताएका हुन् । 

त्यस्तै पछिल्लो समय व्यवसायीहरु समस्यामा पर्नुको कारण राज्यको नीति मात्र नभई व्यवसायीक योजना नहुनु भएको उनले बताएका छन् । उनले भने, ‘ऋण तिर्ने योजना बनाउन नसकेको कारण कति व्यवसायीहरू समस्या परेका छन्, यो समस्या राज्यले लिएको नीतिको कारण भएको होइन। व्यवसायीको योजना नहुनु पनि हो।‘

त्यस्तै केही समययता रियल स्टेटको कारोबारमा सुधार हुनुका साथै पर्यटन क्षेत्रले पुरानै लय समाएको बताउँदै उनले यसले अर्थतन्त्र सुधार हुनेमा उनले विश्वास व्यक्त गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation