नेभिगेशन
सबै कुरा

रुस-युक्रेन युद्ध सुरु भएपछि ३ हजार नेपाली रुस पुगे

काठमाडाैँ ।  रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध हालसम्म पनि जारी छ । युद्ध सुरु  भएपछि १२  सय नेपाल स्वदेश फर्कीएका थिए । भने केहि नेपाल युक्रेनी सेनामा भर्ती भएका  थिए । तर त्यो भन्दा ठुलो संख्यामा रुसी सेनामा नेपाली भर्ती भैरहेका छन् ।

रुसले केहि सयम अघिमात्रै एक वर्ष सैन्य सेवा गरे विदेशीलाई पनि नागकिरता दिने र अन्य काममा भन्दा चार गुणा बढी तलब दिने कानुन जारी गरेको थियो । त्यसपछि नेपालबाट समेत विद्यार्थी भिसा र भ्रमण भिसामा धेरै नेपाली रुस पुगेका छन् । अध्यागमन विगभाका अनुसार युद्ध सुरु भएपछि अध्ययन, भ्रमण र श्रम भिसामा मात्रै करिब ३ हजार नेपाली रुस पुगेका छन् । 

Dish Home
Global Ime Bank

वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १६ महिनामा ५ सय ९६ जना नेपाली रुस गएका छन् । 

सबैभन्दा बढी पछिल्लो चार महिनामा ३ सय ४ जना गएको देखिन्छ । साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३ जना नेपाली रुस गएको देखिन्छ । 

अहिले रुसी सेनाको आर्कषक तलब देखाएर काठमाडौँमा रहेको एजेण्टहरुले विद्यार्थी भिसा तथा भ्रमण भिसामा रुस  पठाउने गरेका छन् । एजेन्टहरुले ८ देखि १२ लाख रुपैयाँसम्म लिने गरेका  छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation