नेभिगेशन
सबै कुरा

प्रादेशिक अस्पताल जनकपुरका सुत्केरीको निधन, आफन्तद्वारा अस्पताल घेराउ

सुत्केरी व्यथा लागेर प्रादेशिक अस्पताल जनकपुर पुर्याएकी एक महिलाको शल्यक्रियापश्चात रक्तस्रावका कारण मृत्यु भएको छ । 

महोत्तरीको मठिहानी –३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनलाई शुक्रबार सुत्केरी व्यथा लागेपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । अस्पतालमा शल्यक्रियापश्चात छोरी जन्माएकी उनको अत्याधिक रक्तस्रावपश्चात निधन भएपछि चिकित्सकको लापरवाहीका कारण उक्त घटना घटेको भन्दै आफ्न्त आन्दोलनरत छन् । 

राति ८ बजे उनलाई अस्पताल पुर्याएको तर चिकित्सकले शल्यक्रियामा लापरवाही गरेको भन्दै आफन्त अस्पताल परिसरमा आन्दोलनरत छन् । शल्यक्रिया संलग्न चिकित्सकलाई अस्पतालले फरार गराएको परिवारको आरोप छ । 

उता अस्पताल प्रशासनले भने तजवुलको अवस्था सिकिस्त भएपछि अस्पताल ल्याइएको र अन्य कुनै पनि अस्पतालले भर्ना नलिएको अवस्थामा पनि आफूहरुले शल्यक्रिया गराएपनि उनलाई बचाउन नसकेको बताएको छ ।  त्यस्तै उनलाई चम्की रोग र जण्डिस समेत भएको अस्पतालले जनाएको छ । 

तजवुलको शल्यक्रिया अनुभवि चिकित्सकले गरेका कारण शल्यक्रियामा कुनै पनि कमजोरी नभएको अस्पतालको दाबी छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation