नेभिगेशन
सबै कुरा

पाकिस्तान उडे सन्दीप, "भारत र पाकिस्तानसँग दिल खोलेर खेल्छौ"

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ खेल्न पाकिस्तान उडेका छन् । सोमबार विहान कतारको दोहा हुँदै पाकिस्तानतर्फ लागेका हुन् ।


राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उनलाई विमानस्थल पुगेर विदाई गरेका थिए ।

पाकिस्तान उड्नु अघि सन्दीपले जीवनको कठिन समयमा भएपनि एसिया कप खेलका लागि आफू फिट रहेका बताएका छन् ।  

भारत र पाकिस्तासँग नेपाली टिम खेल्न पाउनु खुशीको कुरा भएकाले नेपाली दिल खोलेर खेल्न बताए ।

उनले भने दुइ बलिया टिमसँगको खेलबाट नेपाली टिमले धेरै सिक्न सक्ने छ ।

अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुने एसिया कपको  समूह ‘ए’ मा रहेको नेपालले दुई बलिया छिमेकी राष्ट्र पाकिस्तान र भारतसँग भिड्नेछ ।

नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग हुनेछ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइने भएपछि पाकिस्तान जाने बाटो खुलेको हो । 

सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation