नेभिगेशन
सबै कुरा

घरेलु मैदानमा यमनसँग नेपाल २–० ले पराजित

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाल यमनसँग पराजित भएको छ । नेपालले २–० को हार ब्यहोरेको हो । 

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको ७२ औं मिनेटमा यमनका ओमर अब्दुल अल दाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । 

त्यसपछि खेलको ९० औँ मिनेटका यमनका मोहम्मद अबदुल्लाह अल दाहीले दोस्रो गोल गरे । नेपालले धेरै अवसर सिर्जना गरेपनि गोल फर्काउन भने सकेन । 

 फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको थियो । 

दुई खेल खेलेको नेपाल नेपाल समूह एचमा अंकविहीन छ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्