नेभिगेशन
खेलका कुरा

विश्वकप छनोटका लागि आज नेपाल र यमन भिड्दै, दर्शकलाई निशुल्क बस

काठमाडौं । मंगलबार फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले यमनसँग खेल्दैछ ।

फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि रहेको यमनसँग नेपाल बेलुकी ७ बजे दशरथ रंगशालामा भिड्दै छ । 

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर नेपालले कुनै खेल जित्न सकेको छैन । 

आजको खेल हेर्न जाने दर्शकलाई एन्फाले खेल हेरिसकेपछि घरसम्म पुग्न विभिन्न रुटमा १५ वटा निुशल्क बसको व्यवस्था गरेको छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्