नेभिगेशन
खेलका कुरा

जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा

काठमाडौं । हङकङमा जारी ४ देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हरायो । एक सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन जोड्यो । लिग चरणका सुरुका दुई खेलमा पराजय ब्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्