नेभिगेशन
सबै कुरा

विदाको दिन गाउँपालिका अध्यक्षको सरकारी गाडीले ठक्कर दिँदा बालिका घाइते

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर) ले प्रयोग गर्ने सुदूरपश्चिम प्रदेश ०१–००१ झ ५२८ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको छ ।

जिपको ठक्करबाट भजनी  नगरपालिका–४, झलझलियाकि  ७ वर्षीय बालिका मेनुका भण्डारी घाइते भएकी छन् । गाउँपालिका अध्यक्ष उपाध्यायलाई उनको घोडाघोडी नगरपालिका ७ हरिनगरमा रहेको घरमा पुर्याएर फर्कदै गर्दा शनिवार बिहान  ९ः३५ बजे जिपले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । 

Dish Home
Global Ime Bank

घाइते भण्डारीको  स्थानीय घोडाघोडी अस्पताल प्रा.लि. सुखडमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 

जिप चालक २६ वर्षीय रेशमबहादुर आचार्य र जिप प्रहरीको नियन्त्रणमा छ । सार्वजनिक बिदाको दिनमा पनि सरकारी गाडी चलाएको र सोही गाडीले बालिकालाई ठक्कर दिएपछि गाउँपालिका अध्यक्ष उपाध्यायको चर्का आलोचना भईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation