नेभिगेशन
सबै कुरा

हङकङसँगको हारसँगै नेपाल टी-२० सिरिजको फाइनल पुग्न असफल

काठमाडौँ । चार देश सम्मिलित महिला टी २० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । बिहीबार घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भयो । 

नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ फाइनलमा पुग्यो। तान्जानिया पनि दुई जित सहित फाइनलमा पुगेको छ । 

आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको थियो । जसका कारण नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमै मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

अब नेपालले लिगको अन्तिम खेल जापानसँग मंसिर २ गते खेल्नेछ । शीर्ष २ मा रहनेले उपाधिका लागि खेल्नेछ भने बाँकी २ टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । यससँगै नेपालले लिग चरणको खेलमा जापानसँग खेलेपछि फेरि जापानसँगै तेस्रो स्थानका लागि खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै