नेभिगेशन
सबै कुरा

भूकम्पपीडितका लागि राहत लिएर पोखरा पुगे दुई चिनियाँ विमान

जाजरकोट र रुकुम पश्चिमका भूकम्पका पीडितका लागि राहत सामाग्री बोकेर २ चिनियाँ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । 

चीनले दोस्रो चरणको राहतका लागि राहत सामाग्री बोकेर २ कार्गो विमान नेपाल पठाएको हो । 

Dish Home
Global Ime Bank

यसअघि चीनले पहिलो चरणमा सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट  ट्रकमार्फत नेपाललाई राहत सामाग्री पठाएको हो । 

चीनले भूकम्प पीडितहरुका लागि पहिलो चरणमा १० करोड रुपैँया बराबरको राहत सामग्री घोषणा गरेको थियो । त्यसपछि मंगलबार पुनः थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation