नेभिगेशन
सबै कुरा

दिवङ्गत अभिनेता सारुक ताम्राकारका बाबुको निधन

९ भदाै, काठमाडौं - दिवङ्गत अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ ।

कलाकार तथा जादूगर समेत रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएको २८ औं दिनमा उनको निधन भएको हो । उनी मृगौला समस्याबाट पीडित थिए ।

अभिनेता सारुकको असार २२ गते निधन भएको थियो । उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । छोरोको निधनपश्चात सानुको स्वास्थ्यमा समस्या देखिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation