नेभिगेशन
सबै कुरा

रास्वपाका मुकुल ढकाल र तोशिमा कार्की घाइतेको उपचारका लागि गए जाजरकोट

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भूकम्प पीडितको उपचारका लागि २ टोली स्वास्थ्यकर्मी जाजरकोट पठाएको छ । 

भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेर स्वास्थ्यकर्मी पठाएको हो । स्वास्थ्यकर्मी लानका लागि पार्टीका केन्द्रिय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीले नेतृत्व गरेका छन् ।  

उनीहरुले छुट्टाछुट्टै २ टोली लिएर जाजरकोट प्रस्थान गरेका छन् भने राहत सामाग्री लिएर केन्द्रिय सदस्य दिपक बोहोरा जाजरकोट गएका छन् । 

यसअघि नै पार्टी सभापति रवि लामिछाने पाल्पाबाट जाजरकोट प्रस्थान गरिसकेका छन्  । पार्टीका जिल्ला सभालाई सम्बोधन गर्न तानसेन पुगेका उनी शनिबार बिहान कार्यक्रम स्थगित गरेर जाजरकोट गएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation