नेभिगेशन
सबै कुरा

भारतीय प्रधानमन्त्री मोदीद्वारा जाजरकोट भूकम्पप्रति दुखः व्यक्त, सहयोग गर्ने प्रतिबद्धता

गयराती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पको क्षतिप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

सामाजिक संजाल एक्समार्फत उनले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख लागेको बताएका छन् । 

Dish Home
Global Ime Bank

त्यस्तै उनले भारत नेपाल र नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र यस दुखद घडिमा सम्भव भएसम्म सहयोग गर्न तयार रहेको बताएका छन् । 

प्रधानमन्त्री मोदीले भूकम्पमा परी मरेका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation