नेभिगेशन
मुख्य समाचार

आन्दोलनरत चिकित्सकहरूको मागप्रति रास्वपाको गम्भीर ध्यानकर्षण, निर्वाह भत्ता ४८ हजार कार्यान्वयन गराउन माग 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनरत निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको मागप्रति सरकारले उदासिन देखाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

रास्वपाकी केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागकी प्रमुख डा.तोसिमा कार्कीले  विज्ञप्ति जारी गदै आन्दोलनरत निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको माग सम्बोधन गर्न उदासिनता देखाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी हुन् । 
विज्ञप्तिमा भनिएको छ,नेपालको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेलिरहनु भएका निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू विगत लामो समयदेखि सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गरी आन्दोलनरत रहेको स्थितिले आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार समेत प्रभावित भएको स्थिति र यसप्रति राज्यले देखाएको उदासिनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । 

Dish Home
Global Ime Bank

त्यस्तै सरकारी र निजी मेडिकल कलेजका आवासीय चिकित्सक एमडी, एमएस, एमडीएसहरूको निर्वाह भत्ता समान हुने गरी आठौँ तहको चिकित्सक सरह ४८ हजार ७३७ रुपैँया उपलब्ध गराउन पनि रास्वपाले माग गरेको छ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भोलीबाट आकष्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भोलीबाट आकष्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

चिकित्सक संघले आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरूमा वैशाख १२ गतेदेखि सहभागी नहुन आह्वान समेत गरेका हुन् । 
सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेशः आन्दोलतरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कीने वातावरण सुनिश्चित गर्नु

सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेशः आन्दोलतरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कीने वातावरण सुनिश्चित गर्नु

साथै कक्षा १२ को बोर्ड परीक्षा समेत समयमा नभई लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेकाले परीक्षा तोकिएकै समयमा गर्न समेत आदेशमा भनिएको छ । 
राक्षसी प्रवृत्ति देखाएर कुन तानाशाही ल्याउन खोजेको हो स्पष्ट भएको छ : प्रधानमन्त्री ओली

राक्षसी प्रवृत्ति देखाएर कुन तानाशाही ल्याउन खोजेको हो स्पष्ट भएको छ : प्रधानमन्त्री ओली

बिहीबार लोकतन्त्र दिवसको अवसरमा एमालेले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रसनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भर्खरै