नेभिगेशन
मुख्य समाचार

राक्षसी प्रवृत्ति देखाएर कुन तानाशाही ल्याउन खोजेको हो स्पष्ट भएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाखण्डी सिद्धान्तको आधारमा शासन गर्न खोज्ने सामन्ती युगलाई पुनः फर्काउने आवाज सुनिन थालेको बताएका छन् । उनले राक्षसी प्रवृत्ति देखाएर कुन तानाशाही ल्याउन खोजेका छन् भन्ने कुरा स्पष्ट भएको पनि बताए । 

बिहीबार लोकतन्त्र दिवसको अवसरमा एमालेले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रसनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले दिएको अभिव्यक्तिको सानो अंश यस्तो छ :

Dish Home
Global Ime Bank

'कुनै वैज्ञानिक आधार नभएको एउटा पाखण्डी सिद्धान्तको आधारमा शासन गर्न खोज्ने सामन्ती युगलाई फर्काउने आवाज पनि कता कता सुनिन थालेका छन् । यस देशमा लोकतन्त्र नमान्ने, संविधान नमान्ने, जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने र त्यसलाई मजाक उडाउने काम भएको छ । प्रतिगमनतर्फ देशलाई लानको लागि जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरहरु, सार्वजनिक प्रतिष्ठान मिडिया हाउसहरुमाथि आक्रमण हुने, अथवा जंगली होइन राक्षसी प्रविृत्ति फेरि जनतामाथि यिनीहरुले कस्तो शासन रोप्न खोजेका छन् ? कुन तानाशाही ल्याउन खोजेका छन् भन्ने कुरा स्पष्ट देखाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आन्दोलनरत चिकित्सकहरूको मागप्रति रास्वपाको गम्भीर ध्यानकर्षण, निर्वाह भत्ता ४८ हजार कार्यान्वयन गराउन माग 

आन्दोलनरत चिकित्सकहरूको मागप्रति रास्वपाको गम्भीर ध्यानकर्षण, निर्वाह भत्ता ४८ हजार कार्यान्वयन गराउन माग 

विज्ञप्तिमा भनिएको छ,नेपालको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेलिरहनु भएका निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू विगत लामो समयदेखि सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गरी आन्दोलनरत रहेको...
भोलीबाट आकष्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भोलीबाट आकष्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

चिकित्सक संघले आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरूमा वैशाख १२ गतेदेखि सहभागी नहुन आह्वान समेत गरेका हुन् । 
सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेशः आन्दोलतरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कीने वातावरण सुनिश्चित गर्नु

सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेशः आन्दोलतरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कीने वातावरण सुनिश्चित गर्नु

साथै कक्षा १२ को बोर्ड परीक्षा समेत समयमा नभई लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेकाले परीक्षा तोकिएकै समयमा गर्न समेत आदेशमा भनिएको छ । 
भर्खरै