नेभिगेशन
समाज

एमालेको कार्यक्रममा सुनिताको भाषण, ‘स्टन्ट गरेर देश बन्दैन’

काठमाडौँ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी सुनिता डंगोलले स्टन्ट गरेर देश नबन्ने बताएकी छिन् । बिहिबार नेकपा एमालेले लोकतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको युथ सेलिब्रेसनमा बोल्दै उनले स्टन्ट गरेर देश बन्छ ? भन्दै प्रश्न गरेर त्यसको उत्तर समेत आफैँले दिएकी छिन् । 

त्यस्तै उनले देश बनाउने हो भने योजनाअनुरुप काम गर्नुपर्ने र काममा इमानदारिता हुनुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘स्टन्ट गरेर देश बन्छ ? स्टन्ट गरेर देश बन्दैन ।’, डंगोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्छ ? देश बनाउने हो भने योजनाअनुरुप काम गर्नुपर्छ, काममा इमानदारिता हुनुपर्छ । त्यसकारण हामी स्टन्ट गर्ने युवा हैनौँ, काम गर्ने युवा बनौँ । त्यसकारण हामी अराजक युवा हैनौँ, अनुशासित युवा बनौँ ।

Dish Home
Global Ime Bank

त्यस्तै उनले कुनै काम भएन भनेर कम्प्लेन मात्रै हैन, समाधानसँग जुध्ने ल्याकत राख्न युवाले सक्नुपर्ने बताइन् । ‘एण्ड लेट्स नट बि द कम्पलेनर वन्ली, लेट्स बि त सोल्युशन मेकर । समस्या आइपर्यो भने कुद्ने भाग्ने हैन, समस्या आइपर्यो भने समस्यासँग जुध्ने र समाधान गर्ने ल्याकत राखौँ हामी युवाहरुले ।’, उनले भनिन् । 

उपमेयर डंगोलले देशलाई सक्षम र असल युवाको खाँचो समेत रहेको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले शिक्षा विधेयक पारित गराउन पहल गर्ने, बजेट छलफललाई प्रभावकारी बनाउन डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी

रास्वपाले शिक्षा विधेयक पारित गराउन पहल गर्ने, बजेट छलफललाई प्रभावकारी बनाउन डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षकहरुले अघि सारेका मागलाई समेत सम्बोधन हुने गरि विधालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको छ । 
वर्तमान राजनीतिक नेतृत्व अवैध छ, पर्यो भने सरकारबाट बाहिरिन्छौँः गगन थापा

वर्तमान राजनीतिक नेतृत्व अवैध छ, पर्यो भने सरकारबाट बाहिरिन्छौँः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान राजनीतिक नेतृत्व अवैध रहेको र पर्यो भने सरकारबाट बाहिरिने चेतावनी दिएका छ्न । बिहिबार लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
नवनियुक्त शिक्षामन्त्री रघुजी पन्त भन्छन्, 'अब त बोल्ने भन्दापनि काम गर्ने हो'

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्त भन्छन्, 'अब त बोल्ने भन्दापनि काम गर्ने हो'

नववियुक्त शिक्षामन्त्री रघुजी पन्तले अब बोल्ने भन्दापनि काम गर्ने बताएका छन् । बिहिबार मन्त्रालयमा पदभार ग्रहण गर्दै पन्तले आफू शिक्षकहरुको समस्याका विषयमा जानकार रहेको र मन्त्रालयका कर्मचारीसँग थप...
भर्खरै