नेभिगेशन
समाज

प्रधानमन्त्रीको गेटमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन बाध्य बनाएको, शिक्षामन्त्रीलाई असहयोग गरेर राजीनामा दिन बाध्य बनाएको, शिक्षकका मागहरु पूरा गर्न तत्परता नदेखाएको लगायत आरोपमा उनीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् । 

Dish Home
Global Ime Bank

बिहिबार अपरान्ह करिब एक दर्जनको समूहमा आएका उनीहरुले ‘त्रिभुवन विश्वविद्यालयको भिसि नियुक्तिमा खुल्ला प्रतिस्पर्धा खोई ?, शिक्षा ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किन ?, प्रधानमन्त्री बोलेको बोल्यै विद्यार्थी हेरेको हेर्यै’ लगायत नारा लेखिएको पम्प्लेट बोकेका थिए । 

पछिल्लो समय विश्वविद्यालयका उपकुलपतिको राजीनामा, शिक्षामन्त्रीको राजीनामा, शिक्षकहरुको आन्दोलनमा सरकारले तदारुकता नदिएको भन्दै सत्तारुढ दल नै असन्तुष्ट छ । 

baluwatar-protest04-1745490588.jpg

baluwatar-protest05-1745490588.jpg

baluwatar-protest06-1745490588.jpg

baluwatar-protest07-1745490588.jpg

baluwatar-protest08-1745490588.jpg

baluwatar-protest09-1745490588.jpg

baluwatar-protest01-1745490587.jpg

baluwatar-protest-1745490587.jpg

baluwatar-protest02-1745490587.jpg

baluwatar-protest03-1745490587.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोलीबाट आकष्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भोलीबाट आकष्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

चिकित्सक संघले आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरूमा वैशाख १२ गतेदेखि सहभागी नहुन आह्वान समेत गरेका हुन् । 
सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेशः आन्दोलतरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कीने वातावरण सुनिश्चित गर्नु

सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेशः आन्दोलतरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कीने वातावरण सुनिश्चित गर्नु

साथै कक्षा १२ को बोर्ड परीक्षा समेत समयमा नभई लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेकाले परीक्षा तोकिएकै समयमा गर्न समेत आदेशमा भनिएको छ । 
ट्राफिकले एक युवकमाथि कुटपिट गरेको भिडियो मंसिरको, ४ जना ट्राफिक प्रहरी निलम्बनमा

ट्राफिकले एक युवकमाथि कुटपिट गरेको भिडियो मंसिरको, ४ जना ट्राफिक प्रहरी निलम्बनमा

बिहिबार बिहानदेखि ट्राफिक प्रहरीले एक युवकलाई मरणासन्न हुने गरि कुटपिट गरेको घटना मंसिरको भएको खुलेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती युवकमाथि मंसिर २३ गते...
रास्वपाले शिक्षा विधेयक पारित गराउन पहल गर्ने, बजेट छलफललाई प्रभावकारी बनाउन डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी

रास्वपाले शिक्षा विधेयक पारित गराउन पहल गर्ने, बजेट छलफललाई प्रभावकारी बनाउन डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षकहरुले अघि सारेका मागलाई समेत सम्बोधन हुने गरि विधालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको छ । 
भर्खरै