नेभिगेशन
समाज

सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

काठमाडाैँ । नेपाल क्रिकेट संघले खेलका क्रममा घाइते भएका क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका हुन् । 

लोहनी २०२३ मा जनकपुरमा आयोजना भएको प्रादेशिक क्रिकेट टीमहरुको सहभागीता रहेको महेन्द्रनारायण निधी टी–२० राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा घाइते भएका थिए । फिल्डिङका क्रममा घाइते भएका उनी त्यसयता नेपाल र भारतका विभिन्न अस्पतालमा उपचारका लागि भौतारिइरहेका थिए । भारतको गुरुगाउँमा घुँडाको शल्यक्रिया गरेका उनलाई थप उपचार गर्न आर्थिक समस्या भएको थियो । 

CG

उक्त विषय सामाजिक सञ्जाल साथै विभिन्न सञ्चारमाध्यममा समाचार आउना साथै क्यानको चौतर्फी आलोचना भएको थियो । आलोचनापछि क्यानले आर्थिक सहयोगस्वरुप ५ लाख रकम प्रदान गर्ने जनाएको हो । 

Caan-1745488043.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो...
एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका...
एनपीएलः फाइनलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपीएलः फाइनलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि...