नेभिगेशन
मुख्य समाचार

अमेरिकाले बन्द गर्यो एमसीसी, नेपालको परियोजना के हुन्छ ?

काठमाडौँ । अमेरिकाले सञ्चालन गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना बन्द हुने भएको छ । एलन मस्कले नेतृत्व गर्ने डिपार्टमेन्ट अफ गर्भमेन्ट एफिसेन्सी (डज) ले बन्द गर्ने निर्णय गरेको सिएनएनले जनाएको छ । 

संघीय खर्च कटौती गर्ने अभियानअन्तर्गत यस्तो कदम चालिएको हो । मंगलबार एमसीसी का कर्मचारीहरूलाई इमेलमार्फत “चाँडै कर्मचारी र कार्यक्रमहरूमा ठूलो कटौती हुने” जानकारी दिइएको सिएनएनले उल्लेख गरेको छ । 
 
यसअघि पनि ट्रम्प प्रशासनले युएसएआईडी लगायत निकायहरूलाई उपलब्ध गराउँदै आएको सहायता बन्द गरेको थियो । तीमध्ये थुप्रै कदमहरूविरुद्ध मुद्दा पनि दायर भएका छन्।

Dish Home
Global Ime Bank

एमसीसी सन् २००४ मा अमेरिकी कङ्ग्रेसले स्थापना गरेको निकाय होनेपाल लगायतका दर्जनौं विकासोन्मुख देशहरूलाई पूर्वाधार निर्माण र नीति सुधारका लागि समयसीमित अनुदान प्रदान गर्दै आएको छ । 

०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता अनुसार ०८० भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको थियो। सुरुआती सम्झौतामा ६९ करोड ७० लाख डलर (करिब ९२ अर्ब) परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर व्यहोर्ने उल्लेख छ। गत पुसमा अमेरिकी सरकारले परियोजनाका लागि थप ५ करोड डलर दिने घोषणा गरेको थियो । तर अमेरिकाको यो निर्णयपछि यी परियोजनाहरु अघि बढ्नेमा अन्यौलता बढेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काश्मिर हमलामा मारिएका सुदिपको शव अन्त्यष्टिका लागि त्रिवेणी घाट लगियो

काश्मिर हमलामा मारिएका सुदिपको शव अन्त्यष्टिका लागि त्रिवेणी घाट लगियो

सुदिपका ज्वाईँ युवराज काफ्लेका अनुसार उनीहरुलाई आंककारीहरुले हिन्दु कि मुस्लिम भन्दै छुट्याउन लगाएका थिए । सुदिपले आफू हिन्दु भएको बताएपछि आंककारीहरुले ताकेर गोली हानेका थिए ।  सुदिपसँगै पहलगाममा...
लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने, काठमाडौँको तापक्रम ३३ डिग्री पुग्ने पूर्वानुमान

लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने, काठमाडौँको तापक्रम ३३ डिग्री पुग्ने पूर्वानुमान

काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । 
आज लोकतन्त्र दिवस

आज लोकतन्त्र दिवस

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण...