नेभिगेशन
मुख्य समाचार

ओली र मोदीबीच टेलिफोन संवाद, आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको उल्लेख गरेका छन् । 

Dish Home
Global Ime Bank

प्रधानमन्त्री ओलीले आतंकवादी हमलमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य कृत्यप्रति नेपाल भारतको साथमा रहेको जानकारी गराएको बताएका छन्  ।

त्यस्तै नेपाली नागरिकको मृत्युमा समवेदना प्रकट गरेको प्रति धन्यवाद समेत दिएको ओलीले एक्समार्फत जानकारी गराएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अघोषित लोडसेडिङ बारे विद्युत प्राधिकरण भन्छः भारतबाट विद्युत आउन कम भयो!

अघोषित लोडसेडिङ बारे विद्युत प्राधिकरण भन्छः भारतबाट विद्युत आउन कम भयो!

‘हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयामा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ’ प्राधिकरणले भनेको छ, ‘नपुग विद्युत भारतबाट आयात गरी...
रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

प्रसाईँमाथि अनुसन्धान गर्न यसअघि १२ दिनको म्याद दिइएको थियो । त्यस्तै रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप गरिएको थियो । 
काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जघन्य कार्य’ को निन्दा गर्नुभयो र आक्रमणकारीहरूलाई ‘न्यायको कठघरामा ल्याउने’ बताएका छन् ।
टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

कम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा, मार्मारा समुद्रमा रहेको थियो । यसको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महशुस गरिएको थियो ।