नेभिगेशन
मुख्य समाचार

‘शिक्षामन्त्रीको राजीनामाबारे सरकारलाई थाहा छैन, गभर्नर नियुक्ति देउवा फर्किएपछि’ : प्रवक्ता गुरुङ

काठमाडौँ । सरकारले शिक्षकहरुले राखेका जायज मागहरु पुरा गर्न तयार रहेको जनाएको छ ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै शैक्षिक गतिविधिमा सहभागी हुन आग्रह समेत गरे । उनले समयमा नै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीहरुको भविष्य बर्बाद हुने भन्दै शिक्षकहरुले आन्दोलन रोक्नुपर्ने बताए । 

Dish Home
Global Ime Bank

उनले आन्दोलन रोक्न सरकारले शिक्षकहरुलाई आग्रह गरेपनि शिक्षकहरुबाट असहयोग भएको जिकिर गरे । त्यस्तै प्रवक्ता गुरुङले कांग्रेस सभापति शेर बहादुर देउवा स्वदेश फर्किएपछि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको उल्लेख गरे । 

त्यस्तै मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए । बैठकले चैत्र १५ गते तीनकुने घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई १०–१० लाख रुपैया राहत उपलव्ध गराउने निर्णय गरेको छ भने सर्वोच्च अदालत र अन्तर्गतका निकायहरुको मौजुदा संगठन संरचना र दरवन्दी तेरिजमा संशोधन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ भने सार्वजनिक खरिद(चौर्धौ संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अघोषित लोडसेडिङ बारे विद्युत प्राधिकरण भन्छः भारतबाट विद्युत आउन कम भयो!

अघोषित लोडसेडिङ बारे विद्युत प्राधिकरण भन्छः भारतबाट विद्युत आउन कम भयो!

‘हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयामा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ’ प्राधिकरणले भनेको छ, ‘नपुग विद्युत भारतबाट आयात गरी...
रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

प्रसाईँमाथि अनुसन्धान गर्न यसअघि १२ दिनको म्याद दिइएको थियो । त्यस्तै रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप गरिएको थियो । 
काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जघन्य कार्य’ को निन्दा गर्नुभयो र आक्रमणकारीहरूलाई ‘न्यायको कठघरामा ल्याउने’ बताएका छन् ।
टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

कम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा, मार्मारा समुद्रमा रहेको थियो । यसको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महशुस गरिएको थियो ।