नेभिगेशन
मुख्य समाचार

केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार छैनः माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नरहेको जनाएको छ । 

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक रुपमा वर्तमान सरकारले बैधानिकता गुमाइसकेकाले आफ्नो औचित्य स्थापीत गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको बताए । उनले वर्तमान गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता बिपरित बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको जिकिर गरे । 

Dish Home
Global Ime Bank

त्यस्तै माओवादीले प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचार विरोधी अभियानलाई उल्टाउने मात्रै नभइ सुशासन कायम गर्न लागेका अधिकारीलाइ छानी छानी दण्डित गर्ने काम सरकारले गरेको जनाएको छ । प्रवक्ता सापकोटाले आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने र बिपक्षप्रति सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारवाहीको श्रृखला नै खडा गरिएको बताए । उनले वर्तमान सरकारले गरेका निर्णय सबै बिचौलियाहरुको स्वार्थमा जनहित र राष्ट्रहित बिपरित रहेको उल्लेख गरे । 

त्यस्तै माओवादी केन्द्रले शिक्षकका माग पुरा गर्नुभन्दा पनि सरकारले उनीहरुलाई होच्चाउने र अपमानीत गर्ने काम गरेको जनाएको छ भने शिक्षा विधेयक फास्टट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पुरा गर्न पनि माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

प्रसाईँमाथि अनुसन्धान गर्न यसअघि १२ दिनको म्याद दिइएको थियो । त्यस्तै रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप गरिएको थियो । 
काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जघन्य कार्य’ को निन्दा गर्नुभयो र आक्रमणकारीहरूलाई ‘न्यायको कठघरामा ल्याउने’ बताएका छन् ।
टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

कम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा, मार्मारा समुद्रमा रहेको थियो । यसको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महशुस गरिएको थियो ।
तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको...