नेभिगेशन
मुख्य समाचार

१२ काे परिक्षालाई लिएर पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठको प्रश्न, ‘विद्यार्थीको भविष्यमाथि कहिलेसम्म खेलवाड गर्ने ?’

काठमाडौँ । पूर्वशिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको बताएकी छिन् । सरकारले कक्षा १२ का विद्यार्थीको परिक्षा सारेकोमा दुखः व्यक्त गर्दै उनले राजनीतिक दलहरुले विद्यार्थी र शिक्षकहरुलाई चुनाव जित्ने भऱ्याङ्ग बनाइराखेको भन्दै १२ का विद्यार्थीसँग क्षमा समेत मागेकी छिन् । 

‘मेरा विद्यार्थी भाइबहिनीहरू – हामी राजनीति गर्नेहरूको अकर्मण्यताले निम्त्याएको अहिले परीक्षाबारेको अनिश्चितताले तपाईँहरूलाई कति तनाव दिएको होला, १२ को परीक्षा समयमा नभए पछि उच्च शिक्षाको तालिका पनि खल्बलिन्छ, यो ब्याचको एक वर्ष नै खेर जाने सम्भवना छ ।  तपाईँहरूको इमेल सन्देशहरूमा पोखिएको निराशा देख्छु, हामीले तपाईँहरूको पुस्तामाथि न्याय गर्न सकेनौं, त्यसको लागि म क्षमा माग्न चाहन्छु ।’, सुमनाले लेखेकी छिन् । 

Dish Home
Global Ime Bank

देश बदल्ने भनेर आएकाहरुले विद्यार्थी र शिक्षकहरुसँग मोलमोलाई गर्नुको सट्टा शिक्षा नीति त विद्यार्थीलाई केन्द्रमा राख्नुपर्ने उनले बताइन् । ‘देश बनाउने भनेर आएका हामी कहिलेसम्म हाम्रा विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने, कहिलेसम्म शिक्षकहरूलाई प्रयोग गरेर आफ्नो स्वार्थपूर्ति गराइरहने, कहिले सम्म चुनाव जित्ने भऱ्याङ्ग बनाइराख्ने, केको लागि मोलमोलाई ? हाम्रो राजनीति, शिक्षा नीति त विद्यार्थीलाई केन्द्रमा राखेर हुनु पर्ने हैन, के गरिरहेकाछौँ हामीहरू ?, उनले लेखेकी छिन् । 

त्यस्तै उनले शिक्षकका माग पूरा गर्न सरकारले बजेट छैन भनिरहेको अवस्थामा देशको बजेट अर्को चुनावमा आफूलाई लाभ हुने कुरामा मात्र राख्न नहुनेब बताइन् । त्यस्तै उनले सरकारले अघि सारेका परियोजनाले देशलाई नै फाइदा हुनुपर्ने, नेताकै गृह जिल्लामै मेडिकल कलेज नचाहिने ,एक पालिका एक प्राविधिक शिक्षालय, हरेक पालिकामा एयरपोर्ट, नेताको नामको भ्यूटावर, हरेक सेवा समुहलाई आफ्नै अस्पताल आवश्यक नहुने बताइन् । 

सांसद श्रेष्ठले शिक्षामा सुधार गर्न अमूर्त भाषणहरू हैन, चरणबद्ध रुपमा समयसीमा तोकर यो यो काम गर्छु, यो भिजनका साथ सुधार गर्छु भन्न सक्नुपर्ने बताइन् । त्यस्तै सुधारका कामका लागि आफ्नो सहयोग आवश्यक परे आफू सघाउन तयार रहेको समेत बताइन् । 

उनले शिक्षालाई बृहत्तर देश विकासको कडीको रुपमा हेर्न र राजनीतिबाट टाढा राख्न समेत अपिल गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘शिक्षामन्त्रीको राजीनामाबारे सरकारलाई थाहा छैन, गभर्नर नियुक्ति देउवा फर्किएपछि’ : प्रवक्ता गुरुङ

‘शिक्षामन्त्रीको राजीनामाबारे सरकारलाई थाहा छैन, गभर्नर नियुक्ति देउवा फर्किएपछि’ : प्रवक्ता गुरुङ

प्रवक्ता गुरुङले कांग्रेस सभापति शेर बहादुर देउवा स्वदेश फर्किएपछि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको उल्लेख गरे...
राज्य व्यवस्था समितिले पास गर्यो निजामति विधेयकको प्रारम्भिक बुँदाहरु

राज्य व्यवस्था समितिले पास गर्यो निजामति विधेयकको प्रारम्भिक बुँदाहरु

विधेयकको प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्दको सट्टा जनउत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री शव्द राख्ने तथा सुशासनमुखी भन्ने शब्दमा सुशासनयुक्त शब्द राख्ने प्रस्ताव अनुमोदन भएको छ । त्यस्तै विधेयकको...
केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार छैनः माओवादी

केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार छैनः माओवादी

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक रुपमा वर्तमान सरकारले बैधानिकता गुमाइसकेकाले आफ्नो औचित्य स्थापीत गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा...
तीनकुने घटनामा पक्राउ परेका  १३ जना हाजिरी जमानीमा छुटे

तीनकुने घटनामा पक्राउ परेका  १३ जना हाजिरी जमानीमा छुटे

जिल्ला प्रहरी परिसर भद्रकालीका प्रवक्ता अपिलराज बोहराका अनुसार उनीहरु बयान बयान सकिएकाले हिरासतमा राख्न पर्ने अवस्था नभएकाहरुलाई आवश्यक परेको बेला उपस्थित हुनेगरि हाजिरी जमानीमा छाडिएको हो ।
भर्खरै