नेभिगेशन
समाज

७२ घण्टाभित्र आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने कर्मचारी संगठनको चेतावनी

काठमाडौँ । कर्मचारी संगठनहरुले आफ्ना मागहरु ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ७२ घन्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिए । 

Dish Home
Global Ime Bank

उनले आफुहरुले अघि सारेको मागका विषयमा राज्यलाई थप व्ययभार नपर्ने गरि छलफल गर्न तयार रहेको जिकिर गरे । भट्टले आफुहरुले अघि सारेका बिषयलाई समेत समावेश गरेर सदनको पहिलो दिन नै निजामती विधेयक पेश हुनुपर्नेमा जोड दिए । स्थानीय तहमा कर्मचारीलाई दासको जस्तो व्यवहार भोग्नुपरेको उनले बताए ।

बैठकमा बिभिन्न कर्मचारी संघसंगठनले १० बुँदे संयुक्त मागबारे जानकारी गराएका थिए । उनीहरुले संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नुपर्ने, योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नु पर्ने लगाएतका माग राखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन 

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन 

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई केहीदिन परीक्षा सार्न निर्देशन दिएको बालुवाटार स्रोतले जनाएको छ । 
सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

जिल्ला न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बाराको कलैया–४ निवासी २८ वर्षीय उमेश साह (बेहुला), उनका पिता बच्चालाल साह गोढ, दाजु राकेश कुमार साह र मुकेश कुमार साह,...
२४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौँ आउन कर्मचारीलाई विद्यालय कर्मचारी परिषदको निर्देशन

२४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौँ आउन कर्मचारीलाई विद्यालय कर्मचारी परिषदको निर्देशन

नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौँ आउन निर्देशन दिएको छ । परिषद्ले मंगलबार एक पत्र सार्वजनिक गर्दै परिषदले ७ वटै प्रदेश, ७७ जिल्ला र...
भर्खरै